शाखा अधिकृतको आवेदन संकलन कार्य स्थगित

काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको आवेदन लिन बन्द गरेको छ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापनबमोजिमको काम छलफलको मितिसम्म नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएपछि दरखास्त संकलनको काम स्थगित गरेको लोकसेवा आयोगले जनाएको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको बढुवा एवं खुला विज्ञापनतर्फ दरखास्त लिने कार्य मिति पुस १८ गतेसम्मका लागि स्थगित गरेको आयोगले सूचना निकालेर जनाएको छ ।

आयोगले निजामति सेवातर्फका विभिन्न सेवा समूहका राजपत्राङ्कित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहको पदका लागि बढुवा र खुला तथा समावेशी प्रतियोगितातर्फ विज्ञापन गरी दरखास्त लिँदै आएकोमा त्यो काम स्थगित गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *