आज बालुवाटारमा प्रदर्शन गर्ने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बालुवाटारमा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधसँग सम्बन्धित आरोपमा प्रहरीले पक्राउ गरेपछि सडकमा उत्रिएका रास्वपाले आज बालुवाटारका प्रदशैन गर्ने भएको हो ।

कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार दिउँसो १२ बजे प्रदर्शन गरिने छ । ‘प्रदर्शनको उद्देश्य सरकारको दुई तिहाइ दम्भ र प्रतिशोधपूर्ण कदमको विरुद्धमा जनताको आवाज बुलन्द गर्नु हो,’ उनले भने, ‘सरकारले हाम्रो पार्टीलाई कमजोर बनाउने प्रयास गरिरहेको छ । जसलाई हामी सहन सक्दैनौँ ।’

रास्वपाका शीर्ष नेताहरूले यस प्रदर्शनलाई सरकारको अधिनायकवादी प्रवृत्तिको प्रतीक मान्दै जनतासँगै उभिएर सरकारको निर्णयको विरोध गर्ने बताइरहेका छन् । नेताहरूले कडा र शान्तिपूर्ण विरोध प्रदर्शनको प्रतिबद्धता जनाएका छन् भने सुरक्षा निकायहरू पनि तयारी अवस्थामा राखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 14 =