घृणाविरुद्ध छक्कापञ्जा–५ ले झन् धेरै माया पायो : दीपकराज गिरी
२०८१ असोज २९ गते

काठमाडौं । दीपाश्री निरौला निर्देशित फिल्म छक्कापञ्जा–५ले आक्रामक व्यापार गरिरहेको छ ।
दशैंको फूलपातीका दिनबाट हलमा लागेको छक्कापञ्जा–५ ले आक्रामक व्यापार गरिरहेको हो ।
छक्कापञ्जा ५बाट राम्रै कमाइ भएपछि दीपकराज गिरीले फिल्मलाई समर्थन गर्नेहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले मौन रहेर वा ज्यानै जोखिममा पारेर समर्थन गर्ने समर्थकलाई धन्यवाद दिएका हुन् ।
उनले घृणाविरुद्ध छक्का पन्जा– ५ ले झन् धेरै माया पाइरहेको बताए ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘छक्का पन्जा लाई मौन रहेर वा ज्यानै जोखिममा पारेर समर्थन गर्ने साथीहरू लाई धेरै धन्यवाद यति धेरै घृणा विरुद्ध छक्का पन्जाले झन् धेरै माया पाइरहेका छौ ।’
छक्कापञ्जा ५ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।
२०८१ असोज २९ गते
प्रतिक्रिया
One thought on “घृणाविरुद्ध छक्कापञ्जा–५ ले झन् धेरै माया पायो : दीपकराज गिरी”
Leave a Reply Cancel reply
सम्बन्धित









राजा को गफै त होलानी है ।👍️👍️👍️👍️👍️