मिनबहादुर गुरुङद्धारा विपद् प्रभावितलाई १ करोड ११ लाख सहयोग
२०८१ असोज १४ गते

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले विपद् प्रभावितको सहयोगका लागि एक करोड ११ लाख रुपैयाँ प्रदान गरेका छन् ।
गुरुङ दम्पतीले सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले फेसबुकमार्फत यसबारेमा जानकारी दिँदै लेखेका छन्,“विदेशबाट फर्के लगत्तै व्यवसायी मीनबहादुर गुरुङ दम्पतीसँग भेट भयो। उहाँहरुले बाढी पहिरो पीडितको राहतका लागि एक करोड, ११ लाख, ११ हजार एक सय ११ रुपैयाँको चेक दिनु भयो। उक्त रकम प्राकृतिक विपत्ति उद्धार कोषमा प्रदान गरिएको छ। मीनबहादुर गुरुङको परिवारलाई धन्यवाद !! ”
गुरुङले दिएको उक्त चेक प्रधानमन्त्री ओलीले लगत्तै गृहमन्त्री रमेश लेखकलाई प्रदान गरेका थिए ।
२०८१ असोज १४ गते
प्रतिक्रिया
सम्बन्धित








