एमालेका सदस्यले मात्रै फलो गर्दा पनि अध्यक्षको फलोअर्स दोब्बर हुन्छ : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा घट्दै गएको फलोअर्सबारे धारणा दिएकी छन् ।

प्रधानमन्त्री ओलीलाई अनफलो गर्ने अभियान नै चलेपछि उनले एमालेका सदस्यहरूले मात्रै फलो गर्दा पनि ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुने बताइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्–‘एमाले पार्टीका सङ्गठित सदस्यहरूले मात्र फलो गर्दा पनि अध्यक्षको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकले प्रधानमन्त्री ओलीलाई अनफलो गरिरहेका छन् ।

एमाले प्रदेश सांसदबारे मेयर बालेनले लेखेको स्टाटस हटेपछि बालेनले सरकारले उक्त पोष्ट हटाएको बताएका थिए । त्यसपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीलाई अनफलो गर्नेको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =