जनता रोइरहेको,बर्बादी भएको कुरा सरकारले सुनेन : सांसद गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताएका छन् । मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रिय सभामा गम्भीरतापूर्वक उठेका विषयहरुका बारेमा सरकारले आवश्यक ध्यान दिनुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफूलाई समय नदिएको भन्दै समय मिलाएर बोलाए छलफल गर्ने बताए । उनले जनता रोइरहेको, बर्बादी भएको कुरा सरकारले नसुनेको बताए ।

उनले भने, ‘राष्ट्रिय सभामा जुन विषय अत्यन्त गम्भीरतापूर्वक उठेको छ, त्यसका बारेमा रिपोर्टिङ हुनुप¥यो । होइन भने समय मिलाएर मलाई समय दिनुपर्‍यो, प्रधानमन्त्रीले । म उहाँहरुसँग छलफल गर्न चाहन्छु । सरकारले सुनेन, सरकार बहिरो भएको छ । कान थुनेर बसेको छ । जनता रोइरहेको उसलाई मतलव छैन । जनता बर्बाद भइरहेको उसलाई मतलव छैन । सरकारले ध्यान दिएर काम गनुपर्छ ।’

सांसद गौतमले सडक दुर्घटना न्युनिकरणका लागि आवश्यक पहल थाल्न आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =