सहकारी प्रकरण
रवि लामिछानेमाथि प्रहरीले थाल्यो अनुसन्धान, कास्की प्रहरीले गरायो कागज
२०८१ भदौ १८ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो ।
लामिछानेसहित १८ जना विरुद्धको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको हो ।
पोखरा महानगरपालिकाको छानबिन समितिले लामिछानेविरुद्ध दोस्रो पटक प्रतिवेदन र उजुरी दिएको थियो ।
सहकारीको रकम लगानी भएकोबारे अनुसन्धान गर्ने क्रममा लामिछानेसँग पनि कास्की प्रहरीले कागज गराएको स्रोतले जानकारी दियो ।
कास्की प्रहरीले लामिछानेसहित चार जनासँग कागज गराएको हो । स्रोतका अनुसार कागज गराउन जिल्ला प्रहरी कार्यालय कास्कीको टोली नै काठमाडौं आएको थियो । यो टोलीले ग्यालेक्सी टिभीमा पुगेर छापासमेत मारेको खुलेको छ ।
२०८१ भदौ १८ गते
प्रतिक्रिया
One thought on “रवि लामिछानेमाथि प्रहरीले थाल्यो अनुसन्धान, कास्की प्रहरीले गरायो कागज”
Leave a Reply Cancel reply
सम्बन्धित









हाम्रो राष्ट्रिय सोतन्त्र पाटि सभापति लामिछाने ले गलत गरेको भए हदै सम्मको कारवाही हुनुपर्छ लामिछाने मात्र होइन जुनसुकै पाटिको भए पनि कडा कारबाही हुनुपर्छ।