दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा

काठमाडौं । गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीबाट वन मन्त्रीको जिम्मेवारी दिएपछि मनाङे’ले पदबाट राजीनामा दिएका हुन् ।

आज सोमबार नेकपा एमाले ४ जना मन्त्रीसहित सरकारमा सहभागी भएको छ । एमाले सरकारमा गएपछि गण्डकीमा मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।

पुनर्गठन मन्त्रीपरिषद्मा पाएको वन मन्त्रालयमा असन्तुष्ट बनेर मनाङेले पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =