सहर सुन्दर बनाउन महानगर प्रहरीले अग्रपङ्क्तिमा भूमिका निर्वाह गर्‍यो : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी व्यवस्थापन रूपान्तरणको कठिन घडीमा महानगर प्रहरीले अग्रपङ्क्ति भूमिका निर्वाह गरेको बताएका छन् ।

३२ औँ महानगर प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उनले विकासोन्मुख मुलुकका सहरहरूलाई व्यवस्थापन गर्ने चुनौतीपूर्ण काममा महानगर प्रहरी बलले अनुकरण योग्य काम गरेको धारणा राखेका हुन् । उनले विकासले विनाश गरेको प्रकृतिलाई पुनः स्थापनामा प्रहरीको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।

‘अतिक्रमित सार्वजनिक जग्गा फिर्ता गराउने, पुरिएको तथा छोपिएको नदीलाई खुला गराउने, सडक व्यापारलाई निषेध गर्ने, सडक सहयोगापेक्षी मानव व्यवस्थापन, सुन्दरता जस्ता क्षेत्रमा महानगर प्रहरी बलले गरेका काम, देश र दक्षिण एसियाली मुलुकहरूकै लागि सिकाइ बनेको छ ।’ प्रमुख शाहले भने ।

प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको इजलासबाट भएका फैसला तथा निर्णय कार्यान्वयनसँगै अदालतबाट हुने निर्णय कार्यान्वयनमा पनि प्रहरी बलले अग्रणी भूमिका खेलेको प्रमुख शाहको भनाइ छ ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्रहरीले गर्ने कामका विषयमा नागरिकलाई जानकारी दिन सकियो भने आपसी सम्बन्धमा काम गर्न सकिने बताए । त्यस्तै प्रवक्ता एवं सूचना प्रविधि समितिका संयोजक नवीन मानन्धरले, नगर प्रहरीसँग स्रोत सीमित भए पनि आत्मविश्वास मजबुत भएको धारणा राखे । सबै विभाग, वडा, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सबैसँगको सहकार्यमा काम गर्नु पर्ने प्रहरी समन्वय र सहजीकरणको भूमिका रहेको मानन्धरको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =