सांसद कार्कीको प्रश्न : भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?

काटमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गरेकी छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

उनले नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताइन् । उनले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पुर्‍याएको बताइन् ।  उनले भ्रष्टाचार गर्न बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गरिन् । गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि उनले बताइन् ।

उनले भनिन्,– ‘अहिलेसम्म ठुला दलहरु मिलेर नै यो देशलाई यतिसम्म पुर्‍याउनुभएको छ । बिगार्नु भयो कि सुधार्नुभयो ? तपाईहरुले आफ्नो छातिमाथि हात राखेर भन्नुस् । के गर्नुभयो तपाईहरुले अहिलेसम्म ? देशका ठूल्ठूला उद्योग, धन्दाहरु कहाँ गए ? भ्रष्टाचारका मुद्दाहरु यसरी किन लागिरहेका छन् ? भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एउटाले अर्कोलाई दोषारोपण गर्ने रु यस्ता कुराहरुबाट भुलभुलैयामा नलाग्नुस् । तपाईहरु धेरैचोटी संसदमा आउनुभएको छ । तपाईहरुलाई कर्तव्यबोध हुनुपर्छ । अब आइदा यस्ता खालका कुरा नगर्नुस् । म भन्छु, अस्ति गौरा पर्वमा जे भयो, त्यो गलत भयो । एउटा संस्कृतिको अपमान भयो । जसले गर्‍यो । त्यसलाई म ठिक गर्‍यो भन्दिनँ । के गर्नु अलिकति दिमाग पनि तारेर आयो । कहिलेकाहीँ त प्रेसर पनि बढेर आउँछ । यत्रा ठूला–ठूला, बुढा–बुढा दिग्गज माननीयहरुले केटाकेटीको जस्तो व्यवहार गरेको देखेर । बाझेको छ । झगडा गरेको छ । उफ्रिएको छ । कराएको छ ।’

सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने समेत बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =