कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यक : सांसद बेलवासे

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताएकी छन् ।

बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् । उनले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरूको उत्पादन बढाउनुपर्ने बताइन् । उनले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताइन् । उनले बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाउन सरकारसँग आग्रह गरिन् ।

उनले उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगीकरणमा लैजानुपर्ने आवश्यकता औँल्याइन् । उनले भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनुपर्ने बताइन् ।

उनले भनिन् ‘कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि त्यस्ता औजारहरूको उत्पादन गरोस् । कृषिलाई आधुनिकीकरण गरियोस् र औजारयुक्त कृषि बनाइयोस् । नेपालकै फलाम खानीलाई उपयोग गरियोस् । नेपालकै वैज्ञानिकहरूलाई काम दिइयोस् । बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाइयोस् । उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगीकरणमा लैजानुपर्छ । कृषि, पशुपालन, वनलाई प्रयोग गर्नसक्छौँ । भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनु पर्छ ।’

सांसद बेलवासेले आन्तरिक उत्पादनमा जोड दिन आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =