पदाधिकारी चुन्न नसकेपछि नेकपा एस होमिए निर्वाचनमा

काठमाडौं । अधिवेशनले पदाधिकारी चुन्न नसकेपछि नेकपा (एकीकृत समाजवादी) चुनावमा होमिएको छ ।
आन्तरिक खिचातानी र नेताहरूले आफ्ना निकटका नेता कार्यकर्तालाई च्याप्न खोजेपछि एकीकृत समाजवादी अनिर्णीत बनेको थियो ।
१८ पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न अहिले मतदान भइरहेको (यो समाचार तयार पार्दा सम्म) छ । केन्द्रिय कमिटी बैठकमा सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो ।
पार्टी निर्माणको छोटो समयमा नेता कार्यकर्तामा पदलोलुपता देखिएको टिप्पणी हुँदै आएको छ । तर एकीकृत समाजवादीका नेताहरू लोकतान्त्रिक विधि सबैले मान्नुपर्ने तर्क गर्छन् । पार्टीमा नेतृत्व गर्ने चुनिएर आउनु राम्रो भएको उनीहरूको भनाइ छ ।
एकीकृत समाजवादीले २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई निर्विरोध निर्वाचित गराएको छ । अब सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव र ८४ पोलिटब्युरो सदस्यको चयन निर्वाचनबाट हुँदैछ ।








