प्रतिपक्षको सहमतिमा संविधान संशोधन गर्नुपर्छ : सांसद साउँद

काठमाडौं । प्रतिनिधि सभा सदस्य नारायण प्रकाश(एनपी) साउँदले नेपाली कांग्रेस र नेपा (एमाले) बीच सरकार निर्माणका क्रममा भएको संविधान संशोधन गर्ने सहमतिलाई कार्यान्यवन गर्नेतर्फ केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद साउँदले संविधान जारी भइसकेपछि पटक पटक सरकार परिवर्तन भएकामा स्थिरताभन्दा अस्थिरता छाएको बताए । उनले यो सृङ्खला प्रदेशमा पनि देखिएको बताए ।

संविधान संशोधनका लागि राजनीतिक स्थिरताको आवश्यकता पर्ने उल्लेख गर्दै संशोधनका लागि विभिन्न पार्टी र पार्टिभित्रका दलहरुबीच, सरकार र प्रतिपक्षबीचमा पनि राष्ट्रिय सहमति हुनुपर्ने उनको भनाइ छ ।

सांसद साउदले महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपाङ्गता भएका व्यक्तिलगायत सदियौँदेखि उत्पीडनमा पारेको समुदायले पाउँदै आएको अधिकार कमजोर नहुने गरी संविधान संशोधन गनुपर्ने सांसद साउँदले बताए ।

लोकतन्त्र, समावेशीता, अग्रगमनको सवालमा कसैले कसैलाई दोषारोपण गर्नुपर्ने आवश्यकता नभएको उल्लेख गर्दै सांसद साउँदले संविधान संशोधनको सवालमा सबै दलहरु प्रतिबद्ध हुनुपर्ने बताए । संविधानभित्र भएका जटिलतालाई समाधान गर्नेबारे प्रतिपक्ष राजनीतिक दलपनि सकारात्मक रुपमा अगाडि बढ्नुपर्नेमा उनले् जोड दिए ।

यस्तै सांसद रघुजी पन्तले प्रतिपक्षी दलले प्रतिशोध साध्नेभन्दा पनि सकारात्मक ढङ्गबाट सरकारलाई सहयोग गर्न आग्रह गरे । कांग्रेस र एमाले मिलेर सरकार गठन भए पनि सबै दलको सल्लाह, सुझाव र सहमतिको आधारमा संविधान संशोध गर्नुपर्ने उनले बताए ।

“संविधान संशोधनको विषय कांग्रेस र एमालेबीच सरकार गठनको समयमा सहमति हुँदा मात्रै भएको होइन, संविधान संशोधनको विषय त्यो भन्दा अघि नै आमजनता, नागरिक समाजले उठाएको विषय हो, त्यसैले संविधान संशोधनको विषयमा प्रतिपक्षलगायत सम्पूर्ण दलबीच एक मत हुने छ”, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =