रास्वपाको केन्द्रीय समिति बैठक सुरु, मुकुल ढकाललाई हटाउने तयारी
२०८१ भदौ ११ गते

फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय वनस्थलीमा बैठक बिहान ८ बजेबाट सुरु भएको हो ।
बैठकमा निलम्बित महासचिव मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीलगायत ५ एजेन्डामा छलफल हुनेछ ।
- समसामयिक पार्टी गतिविधि
- राष्ट्रिय भेलाको तयारी
- अनुशासनात्मक कारबाही
- स्थानीय छाया सरकार कार्यविधि
- विविध
ढकालमाथि पार्टीको हितविरुद्ध गतिविधि गरेको आरोप छ । पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार, अनुशासन आयोगले ढकाललाई कारबाही गर्न आवश्यक प्रमाण पार्टीमा बुझाइसकेको छ।
२०८१ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित








