बस दुर्घटना स्थलमा पुग्यो सेनाको हेलिकप्टर (अपडेट)
२०८१ भदौ ७ गते

फाइल फोटो
काठमाडौं । तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइएको छ ।
घाइतेको उद्धारका लागि गृहमन्त्रालयले हेलिकप्टर पठाएको मन्त्रालयका प्रवक्ता एकनारायण अर्यालले मकालुखबरलाई जानकारी दिए ।
बस दुर्घटनामा १४ जनाको मृत्यु भइसकेको छ । घटनास्थलबाट १६ जना घाइतेको उद्धार भइरहेको छ ।
२०८१ भदौ ७ गते
प्रतिक्रिया
सम्बन्धित








