बलम्बुमा भेटियो शंकास्पद वस्तु, डिस्पोज गर्दै सेना
२०८१ भदौ ६ गते

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ बलम्बु स्कुलसँगैको घरमा शंकास्पद वस्तु फेला परेको छ । बिहीबार बिहान विद्यालय नजिकैको एउटा घरको आगनमा शंकास्पद वस्तु फेला परेको हो ।
झोलामा प्रेसर कुकर जस्तो देखिने वस्तु रहेको प्रहरी प्रभाग बलम्वुबाट प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए । शंकास्पद वस्तु भएकाले खतरा हुन सक्ने आकलनमा सेनाको बम डिस्पोजल युनिटलाई पनि खबर गरिएको थियो । अहिले सेनाको टोली अहिले शंकास्पद वस्तु डिस्पोज गरिरहेको छ ।
डिस्पोजमात्रै शंकास्पद वस्तु बम हो/होइन भन्ने खुल्नेछ ।
२०८१ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित








