परराष्ट्रमन्त्री राणा र विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौं ।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेबीच बुधवार भेटवार्ता भएको छ ।
भेटमा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध आयाम, कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।
सो अवसरमा मन्त्री डा. राणाले भारत भ्रमणका क्रममा आतिथ्यताका लागि भारत सरकार र भारतीय जनतालाई उनीमार्फत धन्यवाद व्यक्त गर्नुभएको सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् ।
भारतको औपचारिक भ्रमणका क्रममा नयाँदिल्लीमा रहनुभएकी मन्त्री राणाले यही भदौ ३ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन् । त्यस्तै सोही दिन आफ्ना भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग समेत उनले भेटवार्ता गरेकी थिइन् ।
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री डा. राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुग्नुभएको थियो । परराष्ट्रमन्त्री नियुक्त भएपछिको उनको यो पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा भोलि (बिहीबार) स्वदेश फर्किनेछिन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =