रास्वपाको केन्द्रीय समिति बैठक जारी, मुकुललाई हटाउने तयारी (तस्बिरहरु)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेन्डा तय गरेको छ । बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट बर्खास्त गर्ने तयारी रहेको बुझिएको छ । बैठकका लागि तय भएको एजेन्डाको नवौँ नम्बरमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनबारे’ लेखिएको छ ।

बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । ष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको कार्यक्रम गर्ने एजेन्डा पनि तय गरिएको छ ।

यी हुन् १० एजेन्डा :-

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदन बारे ।
१०. विविध

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =