सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु हो : कानूनमन्त्री

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा कुराकानी गर्दै मन्त्री चौरसियाले देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याइने बताएका हुन् ।

उनले १८ वर्षदेखि अल्झिएको संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख दलहरुका बीचमा सहमती जुटेको भन्दै अहिले प्रतिवेदन तयार गरिरहेको बताए ।

उनले प्रतिवेदन तयार भइसकेपछि शिर्ष नेताहरुलाई देखाएर संसदमा पेश गरिने बताए । उनले संसदबाट सर्वसम्मत रुपमा पारित गर्नेगरी शिर्ष नेताहरुले सम्बोधन गर्ने पनि बताए ।

‘टिआरसीमा १८ वर्षदेखि सहमती हुन नसकेको विषयमा सबै पार्टीका प्रमुख सचेतकहरु, गृहमन्त्रीको विशेष पहलमा एमालेका प्रमुख सचेतक, जनार्दन शर्माको विशेष पहलमा यो सहमती भएको छ । त्यसले एउटा कोसेढुंगाको रुपमा यो देशको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने छ । प्रतिवेदन तयार हुँदैछ,’उनले भने,‘चाँडै प्रतिवेदन नेताहरुलाई देखाएर संसदमा पेश गर्ने । संसदमा सबै पार्टीका शीर्ष नेताहरुले त्यस सम्बन्धमा सर्वसम्मतिले पास गर्नेगरी सम्बोधन पनि गर्नु हुनेछ । पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने हो । देशमा सुशासन कामय गर्ने । र समृद्धितर्फ देशलाई अगाडी बढाउने यिनै हुन सरकारका प्रमुख कार्यहरु ।’

मन्त्री चौरसियाले सरकारको पहिलो प्राथमिकता शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु रहेको बताए । त्यस्तै देशमा सुशासन कायम गर्नु र समृद्धितर्फ देशलाई अगाडी बढाउनु सरकारको प्रमुख कामहरु रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =