दलित समुदायले स्थान नपाएको ओली क्याबिनेट

काठमाडौँ । सोमबार प्रधानमन्त्रीको शपथ खाएका प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका छन् ।

तर, ओली सरकारमा एक जना पनि दलित समुदायबाट मन्त्री नियुक्त भएनन् । ओली सरकारमा अन्य समुदायबाट समावेशिताका आधारमा मन्त्री बने पनि दलित समुदायबाट भने मन्त्रीमण्डलमा प्रतिनिधित्व हुन सकेन ।

काँग्रेसबाट जीवन परियार र एमालेबाट छविलाल विश्वकर्मा मन्त्री बन्ने सूचिमा थिए । तर अन्तिम समयमा दुवै जना मन्त्रीको सूचिबाट हटाइए ।

ओली सरकारमा सहभागी नवनियुक्त १९ मन्त्रीले आजै शपथ खाइसकेका छन् । नयाँ सरकारमा काँग्रेसबाट १०, एमालेबाट ८, जसपाबाट २ र लोसपाबाट १ जना मन्त्री बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =