कांग्रेस–एमालेमा भागबन्डा : कांग्रेसलाई गृहसहित परराष्ट्र, एमालेलाई अर्थ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबिच मन्त्रालयगत भागबन्डामा सहमति जुटेको छ ।

आज दिउसो भएको दुई दलका शीर्ष नेताहरूको छलफलमा मन्त्रालयगत भागबन्डामा सहमति जुटेको हो ।

सभापति देउवा र प्रधानमन्त्री ओलीबिच भएको सहमति अनुसार सत्ताको प्रमुख घटक कांग्रेसलाई ९ र एमालेले ८ वटा मन्त्रालय लिने गरि सहमति भएको हो ।

मकालुखबरलाई प्राप्त जानकारी अनुसार कांग्रेसले गृहसहित रक्षा, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने छ ।

प्रधानमन्त्री ओलीको पार्टी एमालेको भागमा अर्थसहित भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, शिक्षा विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

बाँकी रहेका चार मन्त्रालय अन्य साना दलका लागि छुट्टाइएको छ । यद्यपि अन्य कुन दल सरकारमा जान्छ अहिले नै प्रष्ट भइसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =