महाकालीमा खतरा बढेपछि भारतले नेपालतर्फका सबै ढोका खोल्यो, बस्तीमा बाढी
२०८१ असार २४ गते

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि भारतले शारदा ब्यारेजमा रहेका नेपालतर्फका सबै ढोका खोलेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको हो ।
प्रहरीका अनुसार महाकालीमा पानीको बहाव निरन्तर बढीरहेको छ । नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएको प्रहरीलीले जनाएको छ ।
शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि सवारी साधनमा रोक लगाइदै आएको छ ।
२०८१ असार २४ गते
प्रतिक्रिया
सम्बन्धित








