युरोकपमा स्पेन र जर्मनी भिड्दै
२०८१ असार २१ गते

युरोकपको सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार स्पेन र जर्मनी भिड्ने भएका छन्। यी दुईबीचको खेल स्टटगार्ट एरेनामा शुक्रबार बेलुका पौने १० बजे सुरु हुनेछ।
आइतबार राति सम्पन्न खेलमा स्पनेले जर्जियामाथि ४–१ को पुनरागमन जित हासिल गरेसँगै जर्मनीसँगको भेट पक्का गरेको हो।
स्पेन समूहचरणमा सतप्रतिशत जित निकाल्ने एक्लो टोली हो। त्यस्तै जर्मनीले भने स्विट्जल्यान्डसँग अंक बाँड्दा हंगेरी र स्कटल्यान्डलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो।
१६ वर्षअघि अस्ट्रियामा भएको युरोकप फाइनलमा जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले उपाधि जितेको थियो।
यसपटक अन्तिम १६ मा डेनमार्कमाथि २–० को सहज जित हासिल गर्दै क्वार्टरफाइनल पुगेको जर्मनीलाई त्यो बदला लिने मौका छ।
स्पेन भने आफ्नो लयलाई कायम राख्दे उपाधि होडमा अगाडी बढ्न चाहन्छ।
२०८१ असार २१ गते
प्रतिक्रिया
सम्बन्धित








