रवि लामिछानेविरुद्धको रिटमा न्यायाधीशको राय बाझियो, अब तीन न्यायाधीशको इजलासले फैसला गर्ने
२०८१ असार २० गते

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा रायबाझी भएको छ ।
न्यायाधीश सपनाप्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एक मत हुन नसकेपछि बिहीबार मुद्दा टुंगोमा पुग्न सकिएन ।
सर्वोच्च अदालतका दुई न्यायाधीशका बिचमा फरक–फरक राय आएपछि यो विवाद अब तीन न्यायाधीशको इजलासमा जाने भएको छ । अब तीन न्यायाधीशको पूर्णइजलासले योबारेमा फैसला सुनाउने छ ।
२०८१ असार २० गते
प्रतिक्रिया
सम्बन्धित








