बढ्यो पेट्रोल र डिजेलको मूल्य, अब लिटरको कति पर्छ ?
२०८१ असार १७ गते

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार नेपालमा पेट्रोल लिटरमा २ र डिजेल/मट्टितेल लिटरमा ५ रुपैयाँ बढाइएको हो ।
नयाँ मूल्य आजदेखि लागू भएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

२०८१ असार १७ गते
प्रतिक्रिया








