सिधा कुराका सम्पादकसहित तीन जनाविरुद्ध मुद्दा
२०८१ असार १४ गते

काठमाडौँ । सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ ।
सरकारी वकिलको कार्यालय काठमाडौंले सिधाकुराका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सीनाविरूद्ध मुद्दा दायर भएको हो । उनीहरु तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।
सिधाकुराले डार्क फाइल भन्दै अडिओसहित समाचार प्रकाशन गरेको थियो । उक्त अडिओ तिमल्सीनाले उपलब्ध गराएको भनिएको थियो ।
सर्वोच्च अदालतले वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले डार्क फाइलको अडिओ प्रकरणमा छानबिन गरेको थियो ।
उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
२०८१ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








