नयाँ तरङ्ग सिर्जना गर्दैछौं : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताएका छन् ।

मङ्गलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गरे ।

‘समाजवादी आन्दोलनको सिलसिलामा अब जुन हाम्रो नयाँ प्रवाह सुरु हुँदैछ । स्वाभाविक रूपले हामीले अब जुन कार्यक्रम अघि सार्नेछौँ, जो नीतिहरू अघि सार्नेछौँ । जुन कार्यदिशा अघि सार्ने छौं ,’उनले भने,‘यो महाधिवेशनमा हामीले मूलभूत रुपमा सहमति गरेका छौं , दस्ताबेजहरूमा । अझै त्यसभित्र गहन ढंगले हामीले छलफल गर्ने नै छौं । यो महाधिवेशनमा पनि व्यापक मन्थन हुनेछ । यो मन्थनपछि हामी जब कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरूलाई पारित गर्नेछौँ ।’

उनले ठूलो लडाइँ गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताए । उनले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने कुरा आफूहरूको कार्यभार रहेको बताए ।

उनले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताए । उनले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरङ्ग सिर्जना हुने दाबी गरे ।

‘स्वाभाविक रूपले अब हामीले ठूलो लडाइँ गर्नुपर्ने आवश्यकता छैन कमरेडहरू । हामी जुन प्रकारको नीतिहरू पारित गरिरहेका छौं । जुन कार्यदिशा पारित गरिरहेका छौं । त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने कुरा हाम्रो कार्यभार हो,’उनले भने,‘यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ । यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरङ्ग सिर्जना हुनेछ ।’

सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका विरुद्धमा भूकम्प सिर्जना गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + seven =