बागमतीले ल्यायो ६४ अर्बको बजेट
२०८१ असार १ गते

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट प्रस्तुत गर्दै जगन्नाथ थपलियाले आगामी वर्षका लागि ६४ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् ।
पुँजीगततर्फ ३७ अर्ब ९३ करोड ८७ लाख ४९ हवजार, चालु तर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार रुपैयाँ र वित्तिय व्यवस्थापनतर्फ १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन्।
आगामी आर्थिक बर्ष २०८१/०८२ का लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको भन्दा बजेटको आकार बढाएर ल्याएको हो। बागमती प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ६२ अर्ब ७७ करोड ९० लाख रुपैँया बजेट ल्याएको थियो।
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित








