शोभा पाठक पुल्चोकबाट पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा चर्चित रहेकी शोभा पाठक पक्राउ परेकी छन् ।

प्रहरीको साइबर ब्युरोको टोलीले शोभालाई आज ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

साइबर ब्युरोका एसपी दीपकराज अवस्थीका अनुसार शोभालाई सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्रहत्या गर्ने लगायतका आपराधिक कार्य गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पछिल्लो समय एकपछि अर्को भिआइपीसँग नाम जोडिँदै आएकी शोभा सामाजिक संजालमा चर्चित छिन् ।

उनले आफ्नो लाभकै लागि विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गरेर ‘हनि ट्रयाप’मा पार्ने गरेको उजुरी उनी विरुद्ध रहेको छ ।

यति मात्र होइन, उनले महेश बस्नेतविरुद्ध बलात्कार मुद्दा पनि हालेकी थिइन् । तर सो मुद्दा अहिले प्रमाण नभेटिएको भन्दै तामेलीमा छ ।

प्रतिक्रिया

One thought on “शोभा पाठक पुल्चोकबाट पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =