फोहोरमैला सम्बन्धी राष्ट्रिय सम्मेलन शुरु (भिडिओ)

काठमाडौं । फोहोरमैला सम्बन्धी राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा फोहोरमैला व्यवस्थापन संघ नेपालको आयोजनामा सम्मेलन शुरु भएको हो ।

सोमवार ललितपुरका जावलाखेल, पुल्चोक, मंगलबजार, इटीटोल कुमारीपाटी लगायतका स्थानमा प्रभातफेरी कार्यक्रम पनि सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रमका क्रममा बोल्दै पूर्वमन्त्री गणेश साहले श्रमीकहरुले स्वच्छ रुपमा काम गर्न पाउने वातावरण बनाउन आवश्यक रहेको बताए ।

उनले सरसफाईको कार्यक्रम गर्नेहरुलाई आवश्यक पर्ने मास्क, पञ्जा लगायतका सामग्रीहरु पूर्ण रुपमा उपलब्ध गराउन आवश्यक रहेको बताए । उनले फोहोर व्यवस्थापनमा लागेका कर्मचारीहरुको लागि नियमित स्वास्थ्य परीक्षण गराउनेतर्फ स्वास्थ्य शिविरहरुको आयोजना गर्नुपर्ने बताए ।

उनले फोहोर सरसफाई कर्मचारीहरुको वृत्ति विकासमा जोड दिन आवश्यक रहेको बताए । उनले साना, घरेलु उद्योगतिर प्रोत्साहित गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई आवश्यक नीति निर्माण गर्न दबाब दिने बताए ।

कार्यक्रममा बोल्दै फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्यले हरेक वर्ष विश्व वातावरण दिवसको अवसर पारेर प्रभातफेरी कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

उनले फोहोरमैला व्यवस्थापनमा जनसहभागिता बढाउने र सिंगो शहरलाई सधैँ सफा राखिरहनका लागि प्रभातफेरी गरिएको बताए ।

उनले आम मानिसको दृष्टिकोणमा फोहोरमैला व्यवस्थापन गर्ने कर्मचारीहरुलाई हेयका दृष्टिकोणबाट हेर्ने गरिएको भन्दै सम्मेलनले यसबारेमा पनि निर्णय गर्ने बताए ।

उनले फोहोरमैला व्यवस्थापनमा नीतिगत कुराहरु स्पष्ट नरहेकाले नीति नियम व्यवस्थित गरेर फोहोरमैला व्यवस्थापनको उचित व्यवस्थापन गर्न पनि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =