रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित भएको छ । उनलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ आज स्थगित भएको हो ।

रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा १० ‍औँ नम्बरमा थियो ।

निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ स्थगित भएको हो ।

लामिछानेलाई अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने माग रिटमा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =