संसदमा कांग्रेसको नाराबाजी (लाइभ)
२०८१ जेठ १३ गते

काठमाडौं । नेपाली कांग्रेस लगायत प्रतिपक्षी सांसदहरूले संसद अवरोध गरेका छन् ।
कांग्रेस, राप्रपा लगायतका दलहरुले सहकारी प्रकरणमा छानबिन समिति बनाउन माग गर्दै अवरोध गरेका हुन् ।
अवरोधकैबिच सभामुख देवराज घिमिरेले अर्थमन्त्री वर्षामान पुनलाई बोल्न समय दिएपछि कांग्रेसले रोष्टम घेराउ गरेको थियो ।
प्रतिपक्षको अवरोधकै बीच अर्थमन्त्री फुत्किएर रोष्टममा पुगेका छन् । उनलाई मर्यादापालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्याएका हुन् ।
त्यसपछि प्रधानमन्त्रीलाई पनि त्यसरी नै रोस्टममा लगिएको थियो ।
२०८१ जेठ १३ गते
प्रतिक्रिया
सम्बन्धित








