हावाहुरीले फेवातालमा डुंगा दुर्घटना, तालमा खसेकी युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार
२०८० चैत २९ गते

फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
आज दिउँसो आएको हावाहुरीको कारण दुर्घटनामा परेकी काठमाडौं महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ की अग्नि देवकोटाको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
तालमा खसेकी देवकोटालाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको थियो । उनको अवस्था हाल सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।
२०८० चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








