हावाहुरीले फेवातालमा डुंगा दुर्घटना, तालमा खसेकी युवतीको सशस्त्र प्रहरीद्वारा उद्धार

फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

आज दिउँसो आएको हावाहुरीको कारण दुर्घटनामा परेकी काठमाडौं महानगरपालिका–१७ सामाखुसी बस्ने वर्ष २५ की अग्नि देवकोटाको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तालमा खसेकी देवकोटालाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको थियो । उनको अवस्था हाल सामान्य रहेको डीएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *