होली विशेष कार्यक्रम

होलीमा अनावश्यक व्ययभार पर्नेगरी खर्च नगर्न ओलीको आग्रह

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गरेका छन् ।

शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताए । उनले होलीले सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिल्ने बताए ।

उनले चुनावमा धेरै अबिर लगाउँदा बिरामी पर्ने गरेको बताउँदै आफूले पछिल्ला केही निर्वाचनमा जितेपछि पनि अबिर नलगाई विजयी मनाउने गरेको बताए ।

उनले भने ‘म पहिला चुनाव लड्यो, चुनावभर ठिक छ, चुनाव जितिसकेपछि बिरामी । उत्सव मनायो, अविरले छोप्यो । सात दिनसम्म खोक्दा पनि अबिर आउँछ, श्वास फेर्दा पनि त्यस्तै हुन्छ । स्याँक्क गर्यो अबिर आउँछ, अनि १०३ डिग्री ज्वरो आउँछ । साथी भाइहरूले लगाइदिन्छन्, लगाइदियो की बिरामी । त्यसैले मैले अबिर लगाउन छोडेँ । अहिले तीन चार वटा चुनाव गयो । स्वास्थ्यमा ध्यान दिएर खेल्नुहोला, आर्थिक पक्षमा ध्यान दिनुपर्छ । अनावश्यक व्ययभार पर्नेगरी खर्च नगर्नुस् । यस होलीले हामीलाई सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न, राष्ट्र एकताबद्ध बनाउने कुरामा योगदान गर्न प्रेरणा मिलोस् ।’

अध्यक्ष ओलीले होलीमा पछिल्लो समय विकृति फैलिँदै गएको भन्दै विकृति नफैलिने गरी होली पर्व मनाउनुपर्ने बताए । उनले इच्छा विपरीत होली नखेल्न पनि आग्रह गरे । उनले होली पर्वहरूमध्येको पनि पुरानो पर्व भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =