राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि ७ जनाको नाम मनोनयन

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका लागि सात जनाको नाम मनोनयन भएको छ ।

राष्ट्रिय सभाको बुधवारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंहलाई राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिका मनोनयन गर्न प्रस्ताव गरेका हुन् ।

प्रस्तावलाई सांसदहरूले समर्थन जनाएका छन् । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा हुने मान्य सदस्यहरूको नाम मनोनयन गरिएको थियो ।

अध्यक्ष दाहालले भने ‘राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने मान्य सदस्यहरूको नाम देहायबमोजिम रहेको छ । आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह । कार्यव्यवस्था परामर्श समितिमा रहनुहुने सदस्यहरूको मनोनयनलाई सभाको सहमति जनाइदिन आग्रह गर्दछु ।’

राष्ट्रिय सभाको बैठक जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =