चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी (भिडिओ)

काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले आफूबिरुद्ध लागेका मुद्दामा चलखेल वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएका छन् ।

बिहीवार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले राज्य व्यवस्था समितिमा छलफल गर्दा वर्तमान गृहमन्त्रीले वर्तमान परराष्ट्रमन्त्रीलाई आफूसँग अरू पनि प्रमाण भएको बताएकाले भन्दै आफू कारबाही गर्ने ठाउँमा हुँदा कारबाही गरेर देखाउन सक्नुपर्ने बताए ।

उनले गलतलाई कारबाही गर्नुपर्ने र निर्दोषलाई फसाउन नहुनेतर्फ वर्तमान गृहमन्त्री लाग्नुपर्ने बताए ।

उनले आफूबिरुद्धका मुद्दाका बारेमा आफैँले सांसदहरुलाई जानकारी गराउनुपर्ने बताए । उनले दाग लागेका मन्त्रीहरूलाई सरकारमा राख्न नहुने बताए ।

उनले भने, ‘संसदमा धेरै विषयहरू प्रवेश गरेका छन् । हामी हिजो सरकारमा हुँदा सरकारमा दाग लागेका मन्त्रीहरूलाई राख्नु हुँदैन भनेर तत्कालीन प्रमुख प्रतिपक्ष दलले भनेको थियो । अहिले त्यस्तै विषयमा सम्बन्धित भएर दाग लागेका मन्त्री र उपप्रधानमन्त्रीहरू अरू मन्त्रीहरू पनि छन् । त्यसमा प्रश्न उठ्नु स्वभाविक हो । उपप्रधानमन्त्रीजीकै बारेमा सहकारीको कुरा उठ्ला । अहिले सुनको कुरा पनि आएको छ । सुनको प्रतिवेदन आयोगले बुझाएको छ, त्यो प्रतिवेदन अहिले मान्य सदस्यहरूको हातमा आउनुपर्छ । त्यसमा छलफल गर्छौँ । सिआईबीले छानबिन गर्दा उम्कनु नहुने मान्छेहरू उम्किए भन्ने थियो, तत्कालीन गृहसचिवको भुटानी शरणार्थी प्रकरणमा टेलिफोन हेर्ने काम गरेको थियो । तत्कालनि आइजी र एआईजीहरु पनि छन् सुन काण्डमा भन्ने आएको छ । कोको छन्, त्यो सम्पूर्ण रिपोर्ट आए की आएनन् त्यो हेर्नुपर्छ । गृहमन्त्री क्रान्तिकारी नै हुनुहुन्छ, पहिल्यैदेखि यो गर्ने र त्यो गर्ने भन्नुभएको छ । हामीले राज्य व्यवस्था समितिमा सँगै छलफल पनि गरेका छौँ । उहाँ प्रतिपक्षमा हुँदा अहिलेको परराष्ट्रमन्त्री गृहमन्त्री हुँदा मसँग प्रमाण छन् अरुपनि कारबाही गर्नुपर्छ भन्नुभएको थियो । अब कारबाही गर्ने ठाउँमा उहाँ पुग्नुभएको छ । उहाँले आफ्नो मुद्दामा चलखेल नगर्ने काम गर्नुपर्छ । अरूको मुद्दामा पनि गलतलाई कारबाही गर्नुपर्छ र निर्दोषलाई फसाउने काम गर्नु हुँदैन । उहाँका बारेमा उठेका इस्युहरुमा उहाँ आफैँले सम्बोधन गरिदिए राम्रो हुन्छ ।’

उनले सुन तस्करी सम्बन्धी छानबिन आयोगले बुझाएको प्रतिवेदन सांसदहरुलाई उपलब्ध गराउन पनि माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 15 =