दिलकुमारी, रमेशजंग र अनिता देवकोटाले फिर्ता गरे सवारीसाधनसहितका सेवा सुविधा (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय सभाका तीन जना निः वर्तमान सदस्यहरूले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गरेका सवारीसाधनसहितका सेवासुविधाहरु सरकारलाई फिर्ता गरेका छन् ।

सेवासुविधा फिर्ता गर्ने तीन जना पूर्वसदस्यहरुमा नेकपा एमालेबाट राष्ट्रिय सभा सदस्य बनेकी पूर्व सदस्य दिलकुमारी थापा रावल (पार्वती) हुन् । उनी एवं राष्ट्रिय सरोकार तथा समन्वय समितिकी पूर्वसभापति समेत हुन् ।

त्यस्तै सेवासुविधा सरकारलाई फिर्ता गर्नेमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा संसदीय दलका नेता बनेका रमेशजंग रायमाझी र काँग्रेसबाटै राष्ट्रिय सभा प्रमुख सचेतक बनेकी अनिता देवकोटा हुन् ।

राष्ट्रिय सदस्यको आफ्नो कार्यकाल सकिएसँगै सरकारबाट प्राप्त सवारीसाधनसहितका लिएका सबै सुविधा फिर्ता गरेका हुन् । सवारीसाधनसहित सेवा सुविधा संघीय संसद सचिवालय सिंहदरबारमा फिर्ता गरिसकेपछि कुरा गर्दै नेतृ दिलकुमारी थापा रावल पार्वतीले संसदको पदाधिकारीको हैसियतले कानुनसम्मत रुपमा प्राप्त भएको सेवा सुविधाहरू पदावधि सकिएको समयसीमा भित्र राज्यलाई फिर्ता गरेको बताइन् ।

त्यस्तै नेता रमेशजंग रायमाझीले राष्ट्रिय सभामा पदीय हैसियत प्राप्त गर्दैगर्दा पाएका सेवा सुविधाहरू आफ्नो कार्यकाल समाप्त भएसँगै बुझाएको बताए । त्यस्तै नेतृ अनिता देवकोटाले संवैधानिक र कानुनअनुसार प्राप्त पदाधिकारीहरूको सेवा सुविधाहरू आफ्नो कार्यावधि सकिएपछि राज्यलाई फिर्ता गरेको बताइन् ।

गत फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको कार्यकाल सकिएको थियो । जसमध्ये रावल, रायमाझी र देवकोटाको पनि कार्यकाल सकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =