सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे बस्ने

राजनीतिक घटनाक्रम तिब्ररुपमा भइरहेका बेला सत्ता गठबन्धनको बैठक बोलाइएको छ। सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको हो।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई लिएर कांग्रेस र माओवादीबिच दूरी बढिरहेका बेला विपक्षीले भेटघाटलाई तिब्रता दिएका छन्।

साँझ विपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका प्रचण्डले सोमबार बिहान गठबन्धन दलहरुलाई बोलाएका हुन्।

अहिले मन्त्रीहरु फेरेर यहि गठबन्धनलाई निरन्तरता दिने वा समीकरण नै परिवर्तन गर्ने भन्ने चर्चा बाहिर आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =