साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन (आइतबार) सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

तेजावी सुन तोलामा १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ४३० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 3 =