आज पनि घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारको तुलनामा आज एकैदिन १२ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ९५० रुपैयाँले किनबेच भइरहेको छ । मंगलबा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार १५० रुपैयाँ थियो ।

चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार तोलामा ३० रुपैयाँले घटेर चाँदीको कारोबार भइरहेको छ । आज चाँदीको प्रतितोला मूल्य १३ सय ६५ रुपैयाँ छ । मंगलबार यसको मूल्य १३ सय ९५ रुपैयाँ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eleven =