तेस्रो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८० माघ १७ गते

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदीको स्थिर रहेको छ । सोमबारदेखि बढ्न सुरु भएको सुनको मूल्य आज पनि बढेको हो ।
मंगलबार प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन १ लाख १८ हजार ७ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य आज स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको हो ।
२०८० माघ १७ गते
प्रतिक्रिया
सम्बन्धित








