साताको पहिलो दिन सुनचाँदीको भाउ स्थिर

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भईरहेको हो ।

तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर नै रहेको छ । यस दिन चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =