नयाँबानेश्वरमा गुडिरहेको बस सडकमै भासियो

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको बस भासिएको छ ।

शुक्रबार मध्याह्न बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेकै बेला जमिन भासिएर फसेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । यात्रुहरू भने बाहिर निस्किएका छन् । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेको बस कोल्टे परेको छ । बसलाई निकाल्ने तयारी भइरहेको छ ।

यसअघि पनि नयाँ बानेश्वर सडक भासिएर ठूलो भ्वाङ परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =