कोशीमा ‘फ्लोर क्रस’ : सिटौला भन्दा पौडेल अगाडि

काठमाडौं । कोशीमा प्रदेशमा सत्ता गठबन्धनका सदस्यहरुले ’फ्लोर क्रस गरेका छन् ।

गठबन्धनका सदस्यले ’फ्लोर क्रस गर्दा प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन् ।

अन्यतर्फको मत गन्दा पनि कांग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौला पछाडि परेका छन् ।

सिटौला भन्दा राप्रपा उम्मेदवार उद्धव पौडेलले बढी मत पाएका छन् । ९३ प्रदेशसभा सदस्यको मतगणना हुँदा काङ्ग्रेस उम्मेदवार कृष्णप्रसाद सिटौलाले ४५ मत पाए भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

प्रदेशसभा तर्फ महिलामा एमालेकी रुक्मिणी कोइरालाले ४९ र माओवादीकी चम्पा कार्कीले ४४ मत पाएका थिए । महिलातर्फ मतगणना सकिएको छ र एमाले उम्मेदवार कोइराला निर्वाचित भइसकेकी छन् ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =