कर्जाको ब्याजदर सिङ्गल डिजिटमा आउनसक्छ : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको कर्जा अब सिङ्गल डिजिटमा आउने बताएका छन् ।

बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सबको अवसरमा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले अर्थतन्त्रमा पछिल्लो समय हुँदै आएको सुधारको आधारमा राष्ट्र बैंकले दिएको नीतिको कारण बैंकहरुको कर्जाको ब्याजदर कम हुँदै जाने अवस्थामा रहेको बताए ।

उनले बैंकहरुले अहिले १०.२५ प्रतिशतमा कर्जा दिनुपर्ने अवस्था रहेको बताए । उनले राष्ट्र बैंकले आगामी दिन बैंकहरुको कर्जा प्रवाह बढ्ने अपेक्षाले केही नीतिगत दरहरु घटाएको अवस्था रहेको बताए ।उनले अर्थतन्त्रमा आएको सुधारको आधारमा राष्ट्र बैंकले लिने नीतिहरु सहज बनाउँदै गएको बताए ।

उनले तत्कालका लागि नेपाली बैंकहरु साना–साना संकटमा अफ्ठ्यारो पर्ने अवस्थामा नभएको बताए । उनले नेपाली बैकिङ क्षेत्र सक्षम र बलियो रहेको बताए । उनले बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएको बताए ।

उनले अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोगले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको बताए ।

उनले बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा रहेको बताए । उनले अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको बताए । उनले वाह्य क्षेत्रको सुधार,बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या नभएको उल्लेख गरे ।

उनले भने,‘अहिलेको आर्थिक अवस्था समग्रमा राम्रोसँग सुधार भइरहेको छ । वाह्य क्षेत्रको सुधार,बैंकिङ क्षेत्रभित्र पनि रिकभरी बाहेक अन्य कुराहरुमा ठूला समस्या देखिँदैन त्यसमा पनि सुधार हुँदै गएको छ । राष्ट्रिय वाणिज्य बैंकको कोर पुँजी १० प्रतिशत भन्दा माथि छ । खराब कर्जा ३.५ प्रतिशत छ । प्रिभिजनमा कही कतै कम्पर्माईज भएको देख्दैनौं । सुपरभाइजरहरुले पनि त्यही लेभलको नियमन गरेको छ । त्यसले गर्दा बैंकको नाफामा केही असर परेको छ । बैंकको नाफा घटिरहेको अवस्था प्रोभिजनिमको कारणले हो । हाम्रो पोटेनसिलय नम्म्सहरु अलिकति कन्जरभेटिभ छन् । १.२५ प्रतिशत कर्जा दिएको दिन प्रोभिजनम गर्न लगाएका छौं । त्यति होसियारपूर्वक बैंक चलाएका छौं । विदेशमा सानो घटनाले गर्दा बैंक डुबेको घटना सुनिन्छ । हाम्रोमा ठूलो संकट पर्दा पनि बैंकहरु सञ्चालन गर्न समस्या परेको देखिँदैन । राष्ट्र बैंकले पनि यस्ता कुरालाई होसियारी पूर्वक हेरेको छ । बैंकिङ प्रणालीलाई दिगो विकास र सुरक्षित बैंकिङ प्रणालीको रुपमा विकास गर्दै गएका छौं । अहिले आर्थिक शिथिलता भइरहेको अवस्थामा रिकभरीमा समस्या भएपनि अन्य तथ्य र तथ्याङ्कहरुले सहयोग गरेको अवस्था छ । त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । अर्थतन्त्रमा भएको सुधारको आधारमा राष्ट्र बैंकले नीतिहरुमा सुधार गर्दै गएको छ । बैंकहरुमा तरलता अत्यन्तै राम्रो अवस्थामा छ । त्यसलाई हामी प्रयोग गर्नसक्छौं । बैंकहरुको कर्जा माग वृद्धि हुने अपेक्षा छ । त्यहीअनुसार पोलिसी रेटहरु पनि घटाएका छौं । अधिकांश कर्जाहरु बैंकले १०.२५ भित्र दिनु पर्छ । विस्तारै वाणिज्य बैंकहरुको कर्जा सिङगल डिजिटमा जाने अवस्था आएको छ ।’

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठले अर्थतन्त्र सुधार भएको तथ्यांकमा नै देखिने बताए । उनले बैंकहरूको कर्जा लगानी बढ्ने वातावरण बन्दै गएको बताए । उनले राष्ट्र बैंकका नीतिगत सुधारले बैंकको कर्जा बढ्दै जाने देखिएको पनि बताए ।

उनले अर्थतन्त्र सुधारको अवस्था आगामी दुई÷तीन महिनामा देखिने बताए । उनले पर्यटन आगमन बढ्दै गएकाले यस क्षेत्रमा बैंकको लगानी बढ्दै गएको पनि बताए । उनले वाणिज्य बैंकले कर्जा विस्तार १२ प्रतिशत र निक्षेप संकलन १० प्रतिशतले बढाउने लक्ष्य लिएको बताए ।

पूर्वगभर्नर डा. तिलक रावलले नेपालीको वित्तीय क्षेत्रमा सुखद् अवस्था नरहेको बताए । उनले बैंक तथा वित्तीय ठूला संस्थाहरु मुनाफाका आधारमा अफ्ठ्यारो परेको दाबी गरे । बैंक तथा वित्तीय संस्थाहरुको विगतको तुलनामा मुनाफा र प्रतिशेयर आम्दानी घट्दो अवस्थामा रहेको बताए ।

उनले पछिल्लो समय बैंकहरुमा खराब कर्जा वृद्धि हुँदै गएको बताए । तर अहिलेको समग्र अवस्थालाई हेर्दा निराश हुनुपर्ने अवस्था भने नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =