बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छ : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
बुधवार काठमाडौँमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताए ।
उनले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताए । अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याए ।
अर्थमन्त्री डा.महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताए ।
उनले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गरे । मन्त्री डा।महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गरे ।
तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गरे । उनले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताए ।
उनले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताए । उनले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गरे । सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौति रहेको बताए । उनले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताए ।
उनले भने,‘मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा बेटर भइसकेको छ । तर सरकारले सोचेको जस्तो भएको छैन । मुलुकको आवश्यकताहरु धेरै छन् । साधन स्रोतहरु थोरै छन् । धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत सरकारसँग उपलब्ध भएको हुनाले प्राथमिकिकरण महत्वपूर्ण हुन्छ । सबै भन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्न महत्वपूर्ण हुन्छ । सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्नु हो । सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने भन्ने चुनौति छ । त्यसमा बिस्तारै सुधार भइरहेको छ । अहिले पर्यटन आगमन अहिलेसम्मकै उच्च छ । अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक छ । पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेका छन् । बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरा थियो अहिले सहज अवस्थामा आएको छ । आगामी दिनमा अझ धेरै माथि जान्छ । त्यसको लागि मुलुकमा पूर्वाधारको अझै समस्या छ । १२ महिना चल्ने सडक देशभर पुर्याउन सकियो भने एक मिलियन क्रस गरेको छ । ५ मिलियन अर्थात ५० लाख बनाउनको लागि कुनै कठिन हुँदैन । त्यो चार वर्षमा पुर्याउन सक्छौं । अहिले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको छ । विगतमा बैंकहरुबाट भएको लगानी ठिक ठाउँमा गएन । समय पनि ठिक थिएन । त्यसले गर्दा बैंकको लगानी घरजग्गा र शेयर बजारमा गएको थियो । त्यो बेलामा माग भन्दा बढी कारोबार भएकाले दुवै बजार क्रस भए । त्यो बेलामा ऋण लिने ऋणहरु पनि समस्यामा परेका हुन् । बैंकको ब्याजदर बढाएकाले दायित्व बढ्ने तर आम्दानी नबढ्दा हाहाकार भयो । राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएका छौँ । बैंकको ब्याजदर घटिरहेको छ । कारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएका छन् । लगानीहरु पनि अब बढ्छ । बैंकहरुले पनि अब धितोमा कर्जा दिने भन्दा पनि प्रोजेक्ट वेस कर्जा दिन आवश्यक छ । प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्छ ।’
उनले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताए । उनले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताए । उनले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताए । उनले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताए ।








