राष्ट्रिय सभा निर्वाचन

जनमतले मधेस र लुम्बिनीबाहेक अन्य ठाउँमा गठबन्धनलाई सघाउने

काठमाडौँ । जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा आफूले उठाएको उम्मेदवारहरू बाहेकका ठाउँमा सत्ता गठबन्धनलाई समर्थन रहेको जनाएको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आज एक अपिल जारी गर्दै मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई मतदान गर्न आग्रह गरेका छन् ।

त्यसबाहेक अन्य ठाउँमा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारहरूलाई पार्टीको समर्थन रहने उनले जानकारी दिए । तर उम्मेदवार उठाएका बाहेकका क्षेत्रमा जनमतको मतदाता छैन ।

सत्ता गठबन्धनमा रहेका जनमत पार्टीका अध्यक्ष राउतलाई प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा सदस्यका लागि दिन लगाएको उम्मेदवारी फिर्ता लिन पटक पटक आग्रह गरेका थिए । तर अध्यक्ष राउतले सो आग्रहलाई अस्वीकार गरेका छन् ।

उनले पनि गठबन्धनमा रहेको कारण कम्तीमा एक सिट पाउनुपर्ने माग गर्दै आएका थिए । जनमतलाई सिट दिनेमा सहमति बनेको थिएन । त्यसपछि जनमतले मधेस प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो उम्मेदवार खडा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =