सरकारले रंगभेदी विभेद गर्यो, मधेसी पार्टी त हो नि भनेर समातियो : सिके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सरकारले मधेसीहरूलाई रङ्ग विभेद गरेको आरोप लगाएका छन् ।

सोमवार माइतीघर मण्डलामा प्रदर्शनका क्रममा पक्राउ परेसँगै प्रहरी हिरासतबाट छुटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूहरूले निषेधित क्षेत्र नतोडेको बरु कला परिषद्बाटै प्रहरीले आफूहरूलाई धरपकड गरेको बताए । उनले मन्त्री र सांसदलाई जुनकुनै बेला पनि समात्ने सरकारले जनतालाई कस्तो स्वतन्त्रता दिएको होला रु भन्दै प्रश्नसमेत गरे ।

उनले सरकारले रंगभेदी विभेद गरेको भन्दै यो कुरा संसद र समितिमा प्रस्तावका रुपमा लैजाने बताए । उनले मधेसी मलुकी मन्त्री भएकै कारण संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पक्राउ गरेको बताए ।

उनले अन्य पार्टीको राष्ट्रिय अध्यक्षलाई यसरी समात्न सक्छ रु भन्दै प्रश्न गरे । मधेसी मूलका बाहेकका मन्त्री र अध्यक्षलाई यसरी नै पक्राउ गरेर देखाउन चुनौती दिए ।

उनले भने ‘आजको दिन हामीले धेरै पहिलादेखि धोती दिवस मनाउँदै आएका छन् र यो दिन देशले राष्ट्रिय पोसाक दिवसका रुपमा मनाउँदै आएको छ । नेपालको संविधान २०७२ ले नेपाललाई बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राज्यको रुपमा घोषित गरेको छ । जसको जे भेषभुषा हो त्यो मनाउन पाउनुपर्छ भनेर नै मनाइएको हो । त्यही कार्यक्रम रहेको थियो । निषेधित क्षेत्रभित्र गयो भन्ने गलत प्रचार भएको छ, हामीले सांस्कृतिक पहिरन लगाएर एकछिन देखाउने कुरा थियो, हामी निषेधित क्षेत्र भन्दा टाढा आर्ट काउन्सिलनेर जम्मा भएका थियौँ, त्यहाँ नै प्रहरीले धरपकड गरेको थियो । बल प्रयोग गरेको थियो । सबैलाई एकाएक समातेर हिरासतमा लिँदा आम जनतालाई कस्तो स्वतन्त्रता होला । मान्य मन्त्रीज्यूलाई र सांसदहरूलाई जतिबेला पनि पक्राउ गर्ने हो भने कस्तो खालको प्रहरी प्रशासन छ ? त्यो प्रश्न उठ्छ । यो यतिमै सकिँदैन । हामी संसदमा छलफल प्रस्ताव लग्छौँ । समितिमा पनि प्रश्न उठ्छ । यहाँ कतिसम्म विभेद छ भने कोही जे बोल्दा पनि पक्राउ नपर्ने, मधेस मलुकी महिला मन्त्री बन्दा प्रहरी र नेपाल सरकारको मानसिकता कस्तो छ भने जतिबेला पनि समात्न पायो भनेर देखिन्छ । नभए कुनै राष्ट्रिय अध्यक्षलाई समातेर देखाउन् त, सकिँदैन नि । यो देशमा कस्तो रंगभेद र विभेद छ भने मधेसी पार्टी त हो नि भनेर समातियो । अर्को कुनै मन्त्री समातेर देखाओस् । संयमता लिएको हो, उहाँहरूको दम्भ देखाएअनुसार देशभर आगो बल्थ्यो । आफ्नै सरकारले आफ्नै मन्त्री कतै पक्राउ गर्छ ?’

सरकारले केही नगर्दा पनि आफ्नै मन्त्री पक्राउ गर्नमिल्छ ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =