पाकिस्तानद्वारा फतह-२ मिसाइलको सफल परीक्षण
२०८० पुस १३ गते

एजेन्सी । पाकिस्तानले फतह-२ मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निसासा साँध्न सक्ने फतह-२ मिसाइलको सफल उडान परीक्षण गरेको इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर)ले जनाएको हो ।
पाकिस्तानी सेनाको मिडिया शाखा आईएसपीआरले उक्त मिसाइल अत्याधुनिक एभियोनिक्स, अत्याधुनिक नेभिगेसन प्रणाली र अनौठो उडान प्रक्षेपणले सुसज्जित रहेको जनाएको छ । आईएसपीआरकाअनुसार हतियार प्रणाली ४ सय किलोमिटरको दायरासम्म लक्ष्य साँध्न सक्छ ।
पाकिस्तानी राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री अनवर-उल-हक काकरले उडान परीक्षण सफल भएकोमा सहभागी सेना र वैज्ञानिकहरूलाई बधाई दिनुभएको थियो ।
२०८० पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित








